Monday, October 8, 2012

गजल ५४ ~ आज म शोकमा छु के दिऊ तिमिलाई

आज म शोकमा छु के दिऊ तिमिलाई।
रिसको झोकमा छु के दिऊ तिमिलाई॥

साथ दिन्छु भनेको थें पाए ईजाजत।
सबैको रोकमा छु के दिऊ तिमिलाई॥

छलिए जिवन देखी खोज्दा भेटाईन।
दोबाटो चोकमा छु के दिऊ तिमिलाई॥

प्राप्ती हुन्न रैछ मरुभुमी जिन्दगिमा।
प्यास र भोकमा छु के दिऊ तिमिलाई॥

नसोध स्वर्ग नर्कलोकको विषेशता।
आफै प्रलोकमा छु के दिऊ तिमिलाई॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ५३ ~ उद्देश्य हर ठहरमा तिम्रो नाम हुनेछ

उद्देश्य हर ठहरमा तिम्रो नाम हुनेछ।
प्रत्येक मेरो रहरमा तिम्रो नाम हुनेछ॥

हेर्दै जाउ पढ्दै जाउ विश्वास पक्कै गर्नेछौ।
गल्ली अनी त्यो नहरमा तिम्रो नाम हुनेछ॥

आँट्छु बिष अमृत ठानी दिन्छौ भने मुस्काएर।
अमृत रुपी जहरमा तिम्रो नाम हुनेछ॥

फुल बन काँडा बनी सुरक्षा म गर्नेनै छु।
सुगन्धितको लहरमा तिम्रो नाम हुनेछ॥

पर्ख अझै सुरु अनी अन्त्य गर्छु तिमी बाटै।
गजलका सबै बहरमा तिम्रो नाम हुनेछ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ५२ ~ स्वदेशमा जनतालाई काम देऊ सरकार

स्वदेशमा जनतालाई काम देऊ सरकार।
सक्दैनौ त बिरोजगारी नाम देऊ सरकार॥

कहिले सम्म बिदेशिको दाशी बन्ने अझै हामी।
बस्छु बरु तपस्यामै धाम देऊ सरकार॥

भरिएन पेट जती मजदुर गरेपनी।
भौकै छन लाला बाला माम देऊ सरकार॥

परिश्रम पसिनाको हुनै छाड्यो कदर हेर।
थोरै ईमान्दारिलाई ठाम देऊ सरकार॥

थाहा भयो कुर्ची हासिल गर्न धन बाड्दा रैछौ।
भोट दिम्ला मैले पनी दाम देऊ सरकार॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ५१ ~ ठुलै हतियार समाउने शुरमा छु

ठुलै हतियार समाउने शुरमा छु।
मैले अब नाम कमाउने शुरमा छु॥

परिश्रम र पसिनाले पुग्दै पुगेन।
हत्यारा समुह जमाउने शुरमा छु॥

धन बाड्न सके मात्रै चल्दो रैछ बोली।
धम्काएरै पैसा थमाउने शुरमा छु॥

सिमा पार गरिसकें सुझाव नदेऊ।
अस्तित्व म सबै अन्माउने शुरमा छु॥

अति भयो अब दाशी बन्न म सक्दिन।
आतङ्कवादी भै रमाउने शुरमा छु॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

Monday, September 24, 2012

गजल ५० ~ बिना उद्देश्य कमिलाको नी ताँती हुन्न

बिना उद्देश्य कमिलाको नी ताँती हुन्न।
सुर्य न अस्ताई यहाँ कहिल्यै राती हुन्न॥

असल व्यक्तिलाई सराउछन सबैले।
आफ्नो बयान आफै गरेको जाती हुन्न॥

पिर ब्याथा बियोगले क्रोध आउछ मनमा।
प्रेम हो त्यो रिसले मात्रै नाना भाती हुन्न॥

घरवार बसाल्ने स्त्री बिगार्ने पनी स्त्री।
सुगन्धित त फुल नै हो तितो पाती हुन्न॥

प्रयास गर्दा गर्दै असफल हुन्छ मान्छे।
रहरले कोही पनी विश्वास घाती हुन्न॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४९ ~ धोका पाएपछी मात्र होस आउछ साथी

धोका पाएपछी मात्र होस आउछ साथी।
तब बल्ल अलिकती सोच आउछ साथी॥

बियोगमा छटपटिंदा जलेको आत्मलाई।
आँशुको मुल फुड्दाखेरी ओस आउछ साथी॥

आफ्नो भलो हुन्छ भने कस्ले के गर्दैन र।
युद्ध मैदान झरेपछी जोस आउछ साथी॥

राम्रो होईन खराबको नी नाम चल्छ यहाँ।
उच्च स्थान पुगेपछी दोष आउछ साथी॥

परिश्रम पसिनाको कदर छैन अचेल।
पैसा हातमा भए सबथोक आउछ साथी॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४८ ~ चाखो निश्चल प्रेममा कुल खोज्दैछौ

चाखो निश्चल प्रेममा कुल खोज्दैछौ।
गुहार पाउन मान्छेको हुल खोज्दैछौ॥

मद्दत गर्नु पर्छ तिमी दु:ख दिन्छौ किन।
दोषी ठहराउन उस्को भुल खोज्दैछौ॥

स्वार्थ पुरा तिम्ले पनी गर्यौ यौवनको।
बेकसुर नारी सँग असुल खोज्दैछौ॥

मिलन बिछोड रित हो माया अमर छ।
किन भँवराझै अर्को फुल खोज्दैछौ॥

गन्तव्यमा पुग्न यो जँघार तर्नै पर्छ।
म पुल खोज्छु तिमी ब्यर्थै मुल खोज्दैछौ॥

कृष्ण पौड्याल