Monday, October 8, 2012

गजल ५२ ~ स्वदेशमा जनतालाई काम देऊ सरकार

स्वदेशमा जनतालाई काम देऊ सरकार।
सक्दैनौ त बिरोजगारी नाम देऊ सरकार॥

कहिले सम्म बिदेशिको दाशी बन्ने अझै हामी।
बस्छु बरु तपस्यामै धाम देऊ सरकार॥

भरिएन पेट जती मजदुर गरेपनी।
भौकै छन लाला बाला माम देऊ सरकार॥

परिश्रम पसिनाको हुनै छाड्यो कदर हेर।
थोरै ईमान्दारिलाई ठाम देऊ सरकार॥

थाहा भयो कुर्ची हासिल गर्न धन बाड्दा रैछौ।
भोट दिम्ला मैले पनी दाम देऊ सरकार॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment