Monday, October 8, 2012

गजल ५४ ~ आज म शोकमा छु के दिऊ तिमिलाई

आज म शोकमा छु के दिऊ तिमिलाई।
रिसको झोकमा छु के दिऊ तिमिलाई॥

साथ दिन्छु भनेको थें पाए ईजाजत।
सबैको रोकमा छु के दिऊ तिमिलाई॥

छलिए जिवन देखी खोज्दा भेटाईन।
दोबाटो चोकमा छु के दिऊ तिमिलाई॥

प्राप्ती हुन्न रैछ मरुभुमी जिन्दगिमा।
प्यास र भोकमा छु के दिऊ तिमिलाई॥

नसोध स्वर्ग नर्कलोकको विषेशता।
आफै प्रलोकमा छु के दिऊ तिमिलाई॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ५३ ~ उद्देश्य हर ठहरमा तिम्रो नाम हुनेछ

उद्देश्य हर ठहरमा तिम्रो नाम हुनेछ।
प्रत्येक मेरो रहरमा तिम्रो नाम हुनेछ॥

हेर्दै जाउ पढ्दै जाउ विश्वास पक्कै गर्नेछौ।
गल्ली अनी त्यो नहरमा तिम्रो नाम हुनेछ॥

आँट्छु बिष अमृत ठानी दिन्छौ भने मुस्काएर।
अमृत रुपी जहरमा तिम्रो नाम हुनेछ॥

फुल बन काँडा बनी सुरक्षा म गर्नेनै छु।
सुगन्धितको लहरमा तिम्रो नाम हुनेछ॥

पर्ख अझै सुरु अनी अन्त्य गर्छु तिमी बाटै।
गजलका सबै बहरमा तिम्रो नाम हुनेछ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ५२ ~ स्वदेशमा जनतालाई काम देऊ सरकार

स्वदेशमा जनतालाई काम देऊ सरकार।
सक्दैनौ त बिरोजगारी नाम देऊ सरकार॥

कहिले सम्म बिदेशिको दाशी बन्ने अझै हामी।
बस्छु बरु तपस्यामै धाम देऊ सरकार॥

भरिएन पेट जती मजदुर गरेपनी।
भौकै छन लाला बाला माम देऊ सरकार॥

परिश्रम पसिनाको हुनै छाड्यो कदर हेर।
थोरै ईमान्दारिलाई ठाम देऊ सरकार॥

थाहा भयो कुर्ची हासिल गर्न धन बाड्दा रैछौ।
भोट दिम्ला मैले पनी दाम देऊ सरकार॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ५१ ~ ठुलै हतियार समाउने शुरमा छु

ठुलै हतियार समाउने शुरमा छु।
मैले अब नाम कमाउने शुरमा छु॥

परिश्रम र पसिनाले पुग्दै पुगेन।
हत्यारा समुह जमाउने शुरमा छु॥

धन बाड्न सके मात्रै चल्दो रैछ बोली।
धम्काएरै पैसा थमाउने शुरमा छु॥

सिमा पार गरिसकें सुझाव नदेऊ।
अस्तित्व म सबै अन्माउने शुरमा छु॥

अति भयो अब दाशी बन्न म सक्दिन।
आतङ्कवादी भै रमाउने शुरमा छु॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी