Monday, October 8, 2012

गजल ५३ ~ उद्देश्य हर ठहरमा तिम्रो नाम हुनेछ

उद्देश्य हर ठहरमा तिम्रो नाम हुनेछ।
प्रत्येक मेरो रहरमा तिम्रो नाम हुनेछ॥

हेर्दै जाउ पढ्दै जाउ विश्वास पक्कै गर्नेछौ।
गल्ली अनी त्यो नहरमा तिम्रो नाम हुनेछ॥

आँट्छु बिष अमृत ठानी दिन्छौ भने मुस्काएर।
अमृत रुपी जहरमा तिम्रो नाम हुनेछ॥

फुल बन काँडा बनी सुरक्षा म गर्नेनै छु।
सुगन्धितको लहरमा तिम्रो नाम हुनेछ॥

पर्ख अझै सुरु अनी अन्त्य गर्छु तिमी बाटै।
गजलका सबै बहरमा तिम्रो नाम हुनेछ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment