Monday, October 8, 2012

गजल ५१ ~ ठुलै हतियार समाउने शुरमा छु

ठुलै हतियार समाउने शुरमा छु।
मैले अब नाम कमाउने शुरमा छु॥

परिश्रम र पसिनाले पुग्दै पुगेन।
हत्यारा समुह जमाउने शुरमा छु॥

धन बाड्न सके मात्रै चल्दो रैछ बोली।
धम्काएरै पैसा थमाउने शुरमा छु॥

सिमा पार गरिसकें सुझाव नदेऊ।
अस्तित्व म सबै अन्माउने शुरमा छु॥

अति भयो अब दाशी बन्न म सक्दिन।
आतङ्कवादी भै रमाउने शुरमा छु॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment