Monday, September 24, 2012

गजल ५० ~ बिना उद्देश्य कमिलाको नी ताँती हुन्न

बिना उद्देश्य कमिलाको नी ताँती हुन्न।
सुर्य न अस्ताई यहाँ कहिल्यै राती हुन्न॥

असल व्यक्तिलाई सराउछन सबैले।
आफ्नो बयान आफै गरेको जाती हुन्न॥

पिर ब्याथा बियोगले क्रोध आउछ मनमा।
प्रेम हो त्यो रिसले मात्रै नाना भाती हुन्न॥

घरवार बसाल्ने स्त्री बिगार्ने पनी स्त्री।
सुगन्धित त फुल नै हो तितो पाती हुन्न॥

प्रयास गर्दा गर्दै असफल हुन्छ मान्छे।
रहरले कोही पनी विश्वास घाती हुन्न॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४९ ~ धोका पाएपछी मात्र होस आउछ साथी

धोका पाएपछी मात्र होस आउछ साथी।
तब बल्ल अलिकती सोच आउछ साथी॥

बियोगमा छटपटिंदा जलेको आत्मलाई।
आँशुको मुल फुड्दाखेरी ओस आउछ साथी॥

आफ्नो भलो हुन्छ भने कस्ले के गर्दैन र।
युद्ध मैदान झरेपछी जोस आउछ साथी॥

राम्रो होईन खराबको नी नाम चल्छ यहाँ।
उच्च स्थान पुगेपछी दोष आउछ साथी॥

परिश्रम पसिनाको कदर छैन अचेल।
पैसा हातमा भए सबथोक आउछ साथी॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४८ ~ चाखो निश्चल प्रेममा कुल खोज्दैछौ

चाखो निश्चल प्रेममा कुल खोज्दैछौ।
गुहार पाउन मान्छेको हुल खोज्दैछौ॥

मद्दत गर्नु पर्छ तिमी दु:ख दिन्छौ किन।
दोषी ठहराउन उस्को भुल खोज्दैछौ॥

स्वार्थ पुरा तिम्ले पनी गर्यौ यौवनको।
बेकसुर नारी सँग असुल खोज्दैछौ॥

मिलन बिछोड रित हो माया अमर छ।
किन भँवराझै अर्को फुल खोज्दैछौ॥

गन्तव्यमा पुग्न यो जँघार तर्नै पर्छ।
म पुल खोज्छु तिमी ब्यर्थै मुल खोज्दैछौ॥

कृष्ण पौड्याल

गजल ४७ ~ अन्धकार रातिमा साहारा जुनकै थियो

अन्धकार रातिमा साहारा जुनकै थियो।
न्यानो पनको आभास दिने दुपट्टा उन्कै थियो॥

पहुच थोरै रैछ भनी घात गर्यौ ब्यर्थै किन।
वास्तवमा उस्को तिम्रो रिस्ता त खुनकै थियो॥

कन्या छाटी परिलाई डाकेर के पायौ र खै।
सभामा त आखिर आवश्यक त धुनकै थियो॥

स्वार्थ आफ्नो पुरा गर्न तिम्ले के के गरेनौ र।
सम्मान तिम्ले गर्नुको वास्ताविक गुनकै थियो॥

जता देख्छु उस्तै रिती उस्तै परिस्थिती यहाँ।
हिजो पनी दोबाटोमा चर्चा नुन र सुनकै थियो॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४६ ~ कस्तो होला भविष्यमा शहर जिन्दगिको

कस्तो होला भविष्यमा शहर जिन्दगिको।
बेग्लै संसार बसाउने रहर जिन्दगिको॥

कल्पनामै अंगालेर सागर तर्ने गर्छु।
अजिव छ यो नसालु जहर जिन्दगिको॥

अतित फर्कि आउदैन भविष्य कस्ले देख्यो।
देख्छु स्वपना रमणिय प्रहर जिन्दगिको॥

माया प्रेम प्रतिक्षाले गर्नु सम्म गर्यो आज।
दिन रात तड्पाईकै लहर जिन्दगिको॥

को हौ तिमी कहाँ छौ खोज्दा खोज्दै थाकिसकें।
भेट्न पाए गरिहाल्थें ठहर जिन्दगिको॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४५ ~ ओठबाट मुस्कान पार भयो भन्छ

ओठबाट मुस्कान पार भयो भन्छ।
त्यसैले त जिवन भार भयो भन्छ॥

थियो कती सहास अनी महान ऊ।
बेहोशिकै अचेल सार भयो भन्छ॥

सुखमा पो समाज म त दु:खी छुनी।
आफ्नै घर काँडाको बार भयो भन्छ॥

सम्झाउदा बुझ्दैन हेर्छ एकोहोरो।
माया प्रेम खुकुरी धार भयो भन्छ॥

गरेको थें प्रयास युद्द जित्नलाई।
मैदानमा नपुग्दै हार भयो भन्छ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४४ ~ अमर छ हाम्रो माया मर्न सक्दिन म।

अमर छ हाम्रो माया मर्न सक्दिन म।
अंगालेर बर्षे भेल तर्न सक्दिन म॥

माग्दै भिक फैलाएथें हात हिजो सम्म।
स्वयम आज तिम्रा सामु पर्न सक्दिन म॥

दियौ दु:ख कष्ट दियौ गर्यौ घात प्रेममा।
भुलाएर अतित ठहर्न सक्दिन म॥

भन मलाई स्वार्थी बरु बेहोशि नै भन।
ईष्ट मित्र त्यागी बसाई सर्न सक्दिन म॥

ब्यर्थै भयो सोच जिवन साथी बनाउने।
जन्म दाता बिना केही गर्न सक्दिन म॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४३ ~ कती खुसी दिन्थें जिवन साथी हुने भए

कती खुसी दिन्थें जिवन साथी हुने भए।
दु:ख सुख अंगालेर सँग सँगै रुने भए॥

भिजिसके आँशुले सम्झनाका जाली रुमाल।
आउनु प्रिय सपनिमा बेदनाले धुने भए॥

मोती दाना तिम्रा सामु पोख्न मैले सकिन।
मेरो माया बुज्थ्यौ नयन कहिल्यै छुने भए॥

रङगाउन सिउदो तयार छु अझै पनी।
प्रतिक्षा गर्छु प्रेममा थुङ्गाहरु उन्ने भए॥

मन मिले सम्बन्ध जोड्नु त्यती गाह्रो छैन।
नगर्नु भो उपकार ब्यर्थै जाल बुन्ने भए॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४२ ~ सोच्दा सोच्दै अचेल बेदनाले गाल्छ

सोच्दा सोच्दै अचेल बेदनाले गाल्छ।
अनायशै किन नयन रुन थाल्छ॥

छाया मात्रै हो कि या हो साच्चिकै माया।
अत्तालिन्छु मनले शंका मात्रै पाल्छ॥

वास्ताविक स्वार्थी छ सपनिमा पनी।
बिउझाएर मलाई उनी तिरै फाल्छ॥

भुल्न खोज्दा पनी म सम्झनामै डुब्छु।
लाग्छ प्रियसिको प्रेम थाप्ने जाल छ॥

टाढिन खोज्छु मन पत्थर बनाएर।
तर सक्दिन मेरो बेहोशिकै चाल छ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४१ ~ कोर्दैछु पानाहरु गजल बनाउन

कोर्दैछु पानाहरु गजल बनाउन।
बेदना अलिकती सजल बनाउन॥

सम्बन्ध कसै सित गासेथें मैले पनी।
सकिन शुखदमय पल बनाउन॥

ढुङ्गानै हुदो रैछ आत्मानी कसैको त।
खोज्यौ प्रेम बर्षातको ढल बनाउन॥

मुहाननै बिर्सिगयौ तिर्खा मेटेपछी।
पाईलै पिच्छे कस्ले सक्छ नल बनाउन॥

लोभ डाह छल कपट अती हुन थाल्यो।
असम्भव छ सत्यताको दल बनाउन॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ४० ~ खाएको थालमा थुकेको पनी देखें

खाएको थालमा थुकेको पनी देखें।
कसुर बिना नै भुकेको पनी देखें॥

स्वार्थ पुरा गर्न नाना भाती प्रयास।
बेग्ला बेग्लै कान फुकेको पनी देखें॥

संघर्ष नगरी हात फैलाउछन।
परिश्रम सित चुकेको पनी देखें॥

सुष्ती मान्छेको यो निर्दयी शहरमा।
अर्काको पाईला ढुकेको पनी देखें॥

दोषी फरार भो निर्दोश जेल भित्र।
साचो बोल्न मान्छे लुकेको पनी देखें॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३९ ~ असफल मान्छे सँग जितको कुरा नगर

असफल मान्छे सँग जितको कुरा नगर।
सुर्यास्तमा हराउने शितको कुरा नगर॥

भन्छौ तिमी मायाले मात्र चलेको छ संसार।
धोकेवाजको जमानामा प्रितको कुरा नगर॥

बजाईने संगितनै हो मन्दिरमा र बारमा।
अन्तर कती हुन्छ त्यो गितको कुरा नगर॥

हासो खुसी बाडेपनी आँशु एक्लै पिउनु पर्छ।
मेरो सामु कहिल्यै अब हितको कुरा नगर॥

समस्या र बाध्यतामै जिवन अन्त्य होला बरु।
स्वार्थी छ हाम्रो समाज रितको कुरा नगर॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३८ ~ म सित माया लगाऊ भन्छे के गरु

मै सित माया लगाऊ भन्छे के गरु।
समाज बाट भगाऊ भन्छे के गरु॥

बाध्यताले हुन्न प्रेम भन्छु सम्झाउछु।
यौवनको मात जगाऊ भन्छे के गरु॥

परिवार छोड तिम्ले मैले पनी छाड्छु।
सात समुन्द्र नगाऊ भन्छे के गरु॥

अंग अंग चुम्न गन्तव्यमा पुग्नु पर्छ।
सफलतामा सघाऊ भन्छे के गरु॥

सक्छौ त्याग ईष्ट मित्र नत्र माग्न आऊ।
छिट्टो मेरो डोली मगाऊ भन्छे के गरु॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३७ ~ जन्म घर र देशको माटो सम्झिन्छु

जन्म घर र देशको माटो सम्झिन्छु।
भञ्ज्याङ्ग चौतारी अनी बाटो सम्झिन्छु॥

दाजु भाई लुछालुछ गरेको क्षण।
छुट्टिंदा टुक्राएको पाटो सम्झिन्छु॥

जस्ताको तस्तै समाज समर्थमा।
परिवारमा पारेको फाटो सम्झिन्छु॥

बाध्यताले बिदेशिनु परेको दिन।
व्यवहारले डामेको टाटो सम्झिन्छु॥

चौरासी ब्यँञ्जन आज बिलिन लाग्छ।
झलझली गुन्द्रुकमा आँटो सम्झिन्छु॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३६ ~ कालो बजार यहाँ धन उस्तै छ

कालो बजार यहाँ धन उस्तै छ ।
निर्दयिको कठोर मन उस्तै छ ॥

बन्द हड्ताल र चक्काजाम सधै ।
लुटेराको हतियार गन उस्तै छ ॥

एक्काईसौं सताब्दी आउदा सम्म ।
परिश्रमीको हातमा घन उस्तै छ ॥

परिवर्तन भयो कसरी भनौ ।
पहाडको वास स्थान बन उस्तै छ ॥

आशा कस्को गर्नु दल भाँडिए पछी ।
सरकारको समस्या झन उस्तै छ ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३५ ~ माया प्रेमका कुरा गर्ने छैन अब

माया प्रेमका कुरा गर्ने छैन अब।
विश्वासमा कसैको पर्ने छैन अब॥

संसार जाली रैछ तड्पी बाँच्नु पर्यो।
काल्पनिको सागर तर्ने छैन अब॥

जन्मेको एक्लै हो मर्नु पनी एक्लै छ।
मुस्कान थप्न कतै सर्ने छैन अब॥

पुकार्दैमा मन शान्त हुने होईन।
गहभरी आँशुले भर्ने छैन अब॥

जस्ले गर्दा जिउदो लास सम्म भए।
धोकेवाजको लागी मर्ने छैन अब॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३४ ~ नयन रुवाउने कस्तो बानी

नयन रुवाउने कस्तो बानी।
उद्धेश्य तुवाउने कस्तो बानी॥

सपना देखाएर बे अर्थका।
चन्द्रमा छुवाउने कस्तो बानी॥

बिषालु वस्तुलाई मिसाउदै।
अमृत खुवाउने कस्तो बानी॥

सुन्दर ईच्छाहरु अनगिन्ती।
मनमै कुवाउने कस्तो बानी॥

कोमल हृदयनै तड्पाएर।
पापले नुवाउने कस्तो बानी॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३३ ~ खोलाउनै हुन्न मुख बात लागिहाल्छ

खोलाउनै हुन्न मुख बात लागिहाल्छ।
बिना हाड्को जिब्रोमा दाँत लागिहाल्छ॥

असेट लाग्यो भन्दै नअंगाल्नु कदापी।
व्यवस्थित अंग अंग हात लागिहाल्छ॥

प्रेमको शब्द बयान जती गर्यो थोरै।
सोच्दा सोच्दै यौवनको मात लागिहाल्छ॥

जिवन साथी पराया बन्न पुग्ने हो की।
शंकै शंकैमा अचेल घात लागिहाल्छ॥

यस्तै यस्तै भावमा डुब्छु कहिले काँही।
समयले साथ दिन्न रात लागिहाल्छ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३२ ~ के भनु खै वास्ताविक दु:ख सँग जोडेको छ

के भनु खै वास्ताविक दु:ख सँग जोडेको छ।
फुल्न नपाई कोपिला बिरुवालाई गोडेको छ॥

सफल हुन सगरमाथा चुम्ने अविलाशा।
नसोध्नु भो वर्तमान असफलले ओडेको छ॥

परीवार र साथी सित नछुट्टिने बाचा थियो।
विरानो मुलुकमा ल्याई एकान्तमा छोडेको छ॥

गोरेटो नै जाती थियो किन बोलायौ दोबाटोमा।
स्वार्थि रैछ पापी दैव एक्लै घुम्टि मोडेको छ॥

भाग्यलाई के दोष दिनु आफैलाई दोषी ठान्छु।
बे अर्थको जिन्दगिले भविष्यनै फोडेको छ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३१ ~ उद्धेश्य के छ तिम्रो मैले जान्न सक्छु की

उद्धेश्य के छ तिम्रो मैले जान्न सक्छु की।
जिवनभरी अंगालोमा बान्न सक्छु की॥

को मित्र को शत्रु छुट्टाउन गाह्रो भो।
सबै छाडी तिमिलाई छान्न सक्छु की॥

सुन्दर फेश देखेपछी लोभिन्छ आँखा।
नजर झुकाई मै तिर तान्न सक्छु की॥

जती गर्यो उती थोरै प्रेमका शब्द।
मायाको वाण हृदयमा हान्न सक्छु की॥

गरेको हैन जिद्दी ईच्छा भए भन।
बाचुन्जेल तिम्रो जोवान धान्न सक्छु की॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ३० ~ दुई दिनलाई मात्र साईनो बुन्छन यहाँ

दुई दिनलाई मात्र साईनो बुन्छन यहाँ।
चन्द्रमा झुल्काएर औँशी हुन्छन यहाँ॥

भो कसैको जिन्दगिमा खेलवाड नगर्नु है।
लोभ्याई कोमल मन पापले धुन्छन यहाँ॥

फँसाएर कसैलाई अन्तै शुर गर्नेहरु।
बाहिरी आँशु छाड्नेले जाल उन्छन यहाँ॥

बिस्वास गर्नु भुल थियो चिन्न मैले सकिन।
असल कुरा गर्दा गर्दै नराम्रो सुन्छन यहाँ॥

अधुरो प्रेम देखावटी झुठा ति बाचा कसम।
असल बन्न समाज सामु मुख थुन्छन यहाँ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २९ ~ जस्को निम्ती पत्र लेखें पठाउन खाम छैन

जस्को निम्ती पत्र लेखें पठाउन खाम छैन।
ठेगानाको के कुरा पाउनेको पनी नाम छैन॥

सम्बन्ध छुटेपछी मर्दै गएछ माया प्रेम।
जुध्न खोज्ने आँखाको अहिले कतै याम छैन॥

हासो खुसी बाड्ने गर्थें आँशु एक्लै पिएको छु।
चौतारी भत्केपछी दु:ख बिसाउने ठाम छैन॥

रात पछी दिन आउने आशा थियो अलिकती।
अन्धकारले ढाकेको छ कही यहाँ घाम छैन॥

असम्भव भो भेट हुन यो जुनिमा उनिसँग ।
प्रतिक्षामा बसेको यो कृष्णको अब काम छैन

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २८ ~ निसाना चुक्न सक्छ बन्दुकको गोलिबाट

निसाना चुक्न सक्छ बन्दुकको गोलिबाट।
प्रभावमा पर्नु हुन्न कसैको बोलिबाट॥

सुखमा सबै आफ्ना दु:खमा कस्लाई खोज्नु।
सान्त्वना दिदैनन् निकालेर झोलिबाट॥

जिवन साथी बन्छु भन्छौ अतित भुली सक्यौ।
साथ दिन सिक पहिले परेवाको जोलिबाट॥

यता ठिक्क उता माया दुवै तिर जाल थाप्ने।
छल कपट गर्नु भन्दा बिदा देऊ डोलिबाट॥

अन्ध बिश्वास आशै आशमा बिते अतित सबै।
अंगालोमा बाध्ने छैन कसैलाई भोलिबाट॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २७ ~ परायाको पनी भर पर्छन हिजो आज

परायाको पनी भर पर्छन हिजो आज।
एकोहोरो माया प्रेम गर्छन हिजो आज॥

ज्यानै बाजी तिम्रो लागी वकाल्दै नाना भाँती।
आफ्नो त्यागी अर्को तिर सर्छन हिजो आज॥

भुल होला अन्जानको व्यक्तित्व नबुझेर।
सुख शान्ती निद्रा भोक हर्छन हिजो आज॥

स्वार्थ पुरा गर्न दोषी नयन रुझाउदै।
लोभ्याएर आफै तुम्मा भर्छन हिजो आज॥

सुर्य चन्द्र एकै छिन अन्त्यमा कालो रात।
एक्लै एक्लै महाकाली तर्छन हिजो आज॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २६ ~ आफ्नो वास्ताविक आफै जान्न सकेनौ तिम्ले

आफ्नो वास्ताविक आफै जान्न सकेनौ तिम्ले।
स्थान कस्लाई कहाँ हो छान्न सकेनौ तिम्ले॥

नियम कानुन नभएरै डामाडोल भयो।
स्वयम गल्ती गर्यौ कि हान्न सकेनौ तिम्ले॥

बयान दिन्छौ असत्य को सत्य थाहा छैन।
कारघारमा दोषीलाई बान्न सकेनौ तिम्ले॥

रगत रातो सबैको रितिरिवाज बेग्लै छ।
ईज्जत मानव धर्मको धान्न सकेनौ तिम्ले॥

मुखले हाक्छौ नाना भाती पाखुरा खुम्चाउछौ।
भिरै बाट लड्दा पनी तान्न सकेनौ तिम्ले॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २५ ~ गल्ती गर्दैमा भुक्नु हुन्न साथी

गल्ती गर्दैमा भुक्नु हुन्न साथी।
चुमेर शँख फुक्नु हुन्न साथी॥

दोषिले भुल स्विकार्छ भने यदी।
सच्चाउनु पर्छ हुक्नु हुन्न साथी॥

धम्कायो कि कसैले बयान दिन।
बुझ्नु पहिले थुक्नु हुन्न साथी॥

गन्तव्यमा पुग्न संघर्ष गर।
कसैको पाईला ढुक्नु हुन्न साथी ॥

अमर हैन जिवन अमुल्य छ।
कष्ट आईपर्छ रुक्नु हुन्न साथी॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २४ ~ शत्रुलाई कारघारमा बान्न चाहान्छु

शत्रुलाई कारघारमा बान्न चाहान्छु।
साच्चिनै उस्लाई मैले हान्न चाहान्छु॥

झुठो आरोप पाँउदा खटी नसक्नु भो।
दोषी कसरी ठहरायो जान्न चाहान्छु॥

चिन्न सकेको छैन दुश्मन मेरो को होला।
तिमी मध्ये कुनै एक छान्न चाहान्छु॥

छिया छिया भयो मुटु जलेर आज।
बुझाउन राफ छाला तान्न चाहान्छु॥

छैन बाटो कतै आशा एउटा मात्रै।
अन्तिम आदेश गुरुकै मान्न चाहान्छु॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २३ ~ सृजना चोरी हुन्छ दामको के कुरा

सृजना चोरी हुन्छ दामको के कुरा।
अर्कैले कोपी गर्छन नामको के कुरा॥

मैले रचेको भन्नु पनी ब्यर्थ हुन्छ।
पोष्ट भईसकेपछी खामको के कुरा॥

सित्तैमा पाईन्छ त मेहनत किन।
बिना कापी कलम कामको के कुरा॥

परिश्रमी को हो स्थान कहाँ पाएको छ।
लुकाएर राख्छन ठामको के कुरा॥

चोरले सर्जकलाई उल्टै आरोप।
सम्झिदा मुटु पोल्छ घामको के कुरा॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २२ ~ बियोग के हो दु:खमा परेकोलाई थाहा हुन्छ

बियोग के हो दु:खमा परेकोलाई थाहा हुन्छ।
ज्युदै छ तर आत्मा मरेकोलाई थाहा हुन्छ॥

तिम्ले बुझ्न सक्दैनौ यो प्रेमको सम्बन्धलाई।
आफु भन्दा धेरै माया गरेकोलाई थाहा हुन्छ॥

खुसी राख्न स्वयम आफै भुमरिमा अल्झिएर।
हिलो मैलो बर्षे भेल तरेकोलाई थाहा हुन्छ॥

आत्मा सन्तुष्ट हुन्छ भने अन्न कोच्नु पर्दैन।
मिठो मुस्कानले पेट भरेकोलाई थाहा हुन्छ॥

धोका दिनु भन्दा बरु पाउनु नै बेश होला।
माया कतै नाता अन्तै सरेकोलाई थाहा हुन्छ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २१ ~ पुरानो सम्बन्ध तोड्यौ र त स्वार्थी भने

पुरानो सम्बन्ध तोड्यौ र त स्वार्थी भनें।
पाईला अर्कै तिर मौड्यौ र त स्वार्थी भनें॥

सँगै बाच्ने मर्ने बाचा कसम खाएको हो।
घुम्टो पराईको ओड्यौ र त स्वार्थी भनें॥

सफल पार्न प्रेम संघर्ष गरिन कि।
नहुर्काई बिरुवा गोड्यौ र त स्वार्थी भनें॥

सक्दिन म भुल्न संगालेका सपनाहरु।
बियोगमा एक्लै छोड्यौ र त स्वार्थी भनें॥

गल्ती सच्चाउन आँशु झार्यौ बे अर्थका।
साईनो अरु सितै जोड्यौ र त स्वार्थी भनें॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल २० ~ आफ्नै हातले आफुलाई बिष पिलाउन तयार छु

आफ्नै हातले आफुलाई बिष पिलाउन तयार छु।
गर्छेऊ भने मरेरै विश्वास दिलाउन तयार छु॥

पराई घर भित्रिदैमा जुठो ठानेको होईन मैले।
आउछेऊ भने सम्बन्ध अझै मिलाउन तयार छु॥

दोषी होईनौ तिमी त्यो समय नै अपराधी थियो।
टुट्दैमा के भयो र धड्कन सिलाउन तयार छु॥

भौतिक सरिर बिछोडिएको माया अमर छनी।
हाम्रो प्रेममा लागेको दाग जिलाउन तयार छु॥

भुलाएर अतितलाई नया जिवन शुरु गरौं।
पिडां दायिक तिता बोक्राहरु छिलाउन तयार छु॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल १९ ~ एक त्यागी अन्त प्रेम सार्ने बानी छैन मेरो

एक त्यागी अन्त प्रेम सार्ने बानी छैन मेरो।
रहेको थोरै आत्मबल मार्ने बानी छैन मेरो॥

सके मद्दत गर्छु तर समस्या बढाउदिन।
झुठो कल्पनामा सागर तार्ने बानी छैन मेरो॥

विश्वास छ असल ठान शंका भए छाडिदेऊ।
फुल अनेकौं भँमरा झै चार्ने बानी छैन मेरो॥

जन्मनु मर्नु एक्लै हो तँछाड मछाड किन।
सम्पत्ती समेट्न काँडा बार्ने बानी छैन मेरो॥

ढाँट्न छल्न लागे सबै साचो बोल्नु गल्ती होला।
सत्यको नै जित हुन्छ हार्ने बानी छैन मेरो॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल १८ ~ भेट्नु किन पर्यो स्वार्थ पुरा गरेपछी

भेट्नु किन पर्यो स्वार्थ पुरा गरेपछी।
नलिनु भो मेरो नाम जिउदै मरेपछी॥

सँगै बाच्ने मर्ने बाचा कसम मन्दिरका।
सबै त्यागी एक्लै एक्लै तिमी खोली तरेपछी॥

मायामा के कमी पायौ विश्वास थिएन की।
झुठो आरोप दियौ पराई तिर सरेपछी॥

सफल पार्न प्रेमलाई संघर्ष कती गरें।
चकनाचुर भयो तिम्ले सिन्दुर भरेपछी॥

जस्को लागी ईष्ट मित्र छोड्न सम्म राजी थिए।
बिउझिएछु निदृयिको जालमा परेपछी॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल १७ ~ वारी भएछु तिमी नदिको पार नबनिदेऊ

वारी भएछु तिमी नदिको पार नबनिदेऊ।
रानो बिना अशुभ मौरिको घार नबनिदेऊ॥

सिक्काको दुई पाटा हौं सक्दिन अलग हुन।
समाउदा पोल्ने करेन्टको तार नबनिदेऊ॥

तिम्रै लागी बाचेको छु साथ चाहिए भन बिन्ती।
सफलता चुम भुईको झार नबनिदेऊ॥

तिमी मेरो म तिम्रो एउटै हो नी संसार हाम्रो।
सिमाना छुट्टाउन काँडे बार नबनिदेऊ॥

को आफ्नो को पराया चिन्न साह्रै गाह्रो भयो।
एक हसाउन अर्को तिर भार नबनिदेऊ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल १६ ~ आफ्नो बनाउन माया देखावटी गर्छन यहाँ।

आफ्नो बनाउन माया देखावटी गर्छन यहाँ।
बे अर्थका हासो खुसी मुटुभरी छर्छन यहाँ॥

मन भित्रको कालो दाग देख्न कहाँ सकिन्छ र।
अन्ध विश्वासको आधारमा भर पर्छन यहाँ॥

गल्ति गर्नै पर्दो रहेन्छ धोका पाउन त।
कुल्चिएर बिगतलाई अन्तै सर्छन यहाँ॥

प्रकृतिको खेल हो कि रितिरिवाज मान्छेको नै।
स्वार्थ पुरा गर्न एक आपसमा लड्छन यहाँ॥

गल्तिलाई सच्चाउन दोषी नयन रुझाउदै।
जित हासिल नभए अकालमै मर्छन यहाँ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल १५ ~ उद्धेश्य न बुझी मन पराउनु हुन्न साथी

उद्धेश्य न बुझी मन पराउनु हुन्न साथी।
माया प्रेम बाध्यतामा गराउनु हुन्न साथी॥

तिमी मेरो म तिम्रो स्विकारन बिन्ती।
नाना भाती वकाल्दै कराउनु हुन्न साथी॥

फल मिल्छ परिश्रमको लालच नगर्नु।
संघर्ष त गर्नु पर्छ डराउनु हुन्न साथी॥

नगर प्रयास साथ पाउन एकोहोरो।
बर्षे भेल जिद्धी गर्दै तराउनु हुन्न॥

लेखेको पाईन्छ भाविले दृष्य यो पापी छ।
बेअर्थका कल्पनामा हराउनु हुन्न साथी॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल १४ ~ बियोगमा पिंडा ब्याथा मल्ने प्रयास नगर

बियोगमा पिंडा ब्याथा मल्ने प्रयास नगर।
नुन चुक आलो घाउमा दल्ने प्रयास नगर॥

लक्ष्य बिहिन यात्राको गन्तव्य छैन यहाँ।
अधुरो जिन्दगी हो चल्ने प्रयास नगर॥

प्राप्ती गर्ने भए परिश्रम तिम्ले गर्नै पर्छ।
फुल नआई कोपिलामै फल्ने प्रयास नगर॥

आगो बाल्न हैन अचेल खरानी फु फु गर्छन।
मट्टितेल साक्षी राख्दै जल्ने प्रयास नगर॥

माकुराको जाल अनी माया जाल स्वयम रैछ॥
प्रकटमा आउदिन म छल्ने प्रयास नगर॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल १३ ~ मुस्कान राख कसैलाई बाँट्नु पर्दैन

मुस्कान राख कसैलाई बाँट्नु पर्दैन।
उसैलाई स्विकार धेरै छाँट्नु पर्दैन॥

बेहोशी छु तर समस्या बुझ्छु अरुको।
गल्ती लुकाउन आफ्नै थुक चाट्नु पर्दैन॥

रमाएर बस्नु तिम्रै खुसिमा बाँच्ने छु।
मैले सफल हुनु अर्को आँट्नु पर्दैन॥

खोक्रो जिवन बिना नुन तरकारी बन्यो।
पराल बनाई सकेपछी झाँट्नु पर्दैन॥

कोमल मन यत्तिमै सिमित राख बिन्ती।
टुक्रिसक्यो धड्कन अब काट्नु पर्दैन॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल १२ ~ वास्तवमा मैले बोलाएको हैन

वास्तवमा मैले बोलाएको हैन।
भोली भोली भन्दै भुलाएको हैन॥

थिएन गन्तव्य अधुरो यात्राको।
स्वार्थ पुरा गर्न डुलाएको हैन॥

झुठो विस्वास दिएर केही छिन।
मन भित्रका कुरा खुलाएको हैन॥

जिद्दी धेरै गर्दा बाध्य हुनु पर्यो।
तराजुमा जिवन तौलाएको हैन॥

थाहा थियो फलस्वरुप के हुने।
मुर्झिएको कोपिला फुलाएको हैन॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ११ ~ कोपिला नै तोड्यौ क्यारे अब फल नफलाऊ

कोपिला नै तोड्यौ क्यारे अब फल नफलाऊ।
सक्छौ हुर्काऊ बिरुवा जरो खनी नढलाऊ॥

चाहान्थें अती तिम्लाई स्विकारिनौ मेरो माया।
बेअर्थका कल्पनामा अतितका घाऊ नमलाऊ॥

तोडिसक्यौ सबै आँट ठिक्क पार्न पर्दैन भो।
अन्तै प्रेम जोडे हुन्छ मलाई फेरी नछलाऊ॥

चाहे जती तिमिलाई अरुले चाहान्छ मलाई।
निभ्ने दियो कोट्याएर जिद्दी गर्दै नबलाऊ॥

धोखा दियौ तिम्ले त उस्लाई छाड्न सक्दिन म।
पचिसकें बेदनामा अझै मलाई नगलाऊ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल १० ~ अमर हो भन्थ्यौ साईनो तोड्यौ आखिरिमा

अमर हो भन्थ्यौ साईनो तोड्यौ आखिरीमा।
सुम्पिएथें मन मुटु फोड्यौ आखिरीमा॥

मुस्कानमा रमाएकी नपुछ्नु थियो आँशु।
पापी दृष्य भुलाएर छोड्यौ आखिरीमा॥

सबैको मायालाई चाख्दै हिड्ने बानी कस्तो।
भेटिएछ घुम्टी अनी मोड्यौ आखिरीमा॥

दुबै हात हल्लाएर बिदा भयौ आज।
घुम्टो शिरमा पराईको ओड्यौ आखिरीमा॥

हसायौ एकै छिन रुवायौ जिन्दगिलाई।
त्यागी यता संसार अन्तै जोड्यौ आखिरीमा॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ०९ ~ शुर अन्तै म सँग माया बसाउनु पर्दैन

शुर अन्तै म सँग माया बसाउनु पर्दैन।
रुवाउने नै हो एक दिन हसाउनु पर्दैन॥

तिम्रो जिवन सफल होस रमाएर बस्नु।
नाम लाई मेरो आफुमा गसाउनु पर्दैन॥

बाध्यतामा परें भने सहिदिन्छु सबै दु:ख।
आफ्नै हातले आङ्गमा छुरा धसाउनु पर्दैन॥

घाँडो भयो भन बरु छाडी दिन्छु तिम्रो शहर।
डाएन सईतान लगाई डसाउनु पर्दैन॥

जे जसरी भए पनी जिउने प्रयास गरेकै छु।
मृत्यु सामु मलाई तिम्ले कसाउनु पर्दैन॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ०८ ~ मलाई उपकार दैवले गर्ला जस्तो छ

मलाई उपकार दैवले गर्ला जस्तो छ।
मायाको सट्टा घृणा अब सर्ला जस्तो छ॥

उन्को आँशु देख्दा दु:ख लाग्ने गर्थ्यो अती।
मैले भन्दा खुसी पराईले छर्ला जस्तो छ॥

भुल्न अती गाह्रो भयो भेट हुदा सधै।
भोलीबाट बेशि बसाई झर्ला जस्तो छ॥

भविष्य निहाल्दै अतितलाई बिर्सिने छु।
शहर छाडी हिडे ताल पर्ला जस्तो छ॥

फेरी भेट होस भन्ने चाहना छैन कत्ती।
बिछोड सँगै यादहरु मर्ला जस्तो छ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ०७ ~ भविष्यलाई बिर्साउने मिठा मिठा बात दियौ

भविष्यलाई बिर्साउने मिठा मिठा बात दियौ।
साथ रैछ अर्कै सँग मलाई किन हात दियौ॥

भो मेरो जिन्दगिलाई नअल्लार भनेकै हो।
सबै शत्रु हँसाएर घात माथी घात दियौ॥

दु:ख सुख आंशु हासो सँगै बाड्ने बाचा कसम।
भुलाएर अतितहरु कहालिंदो रात दियौ॥

तिम्रा लागी ज्यानै अर्पण गर्न तयार थिए।
माया प्रेम बदला तिम्ले बेदनाको खात दियौ॥

दोबाटोमा सुम्सुमाई अंगालेर हिड्ने गर्थ्यौ।
भिरबाटोमा पुग्दा खेरी पछी बाट लात दियौ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ०६ ~ जिवनको वास्तविक कोर्दैछु आज साथी

जिवनको वास्तविक कोर्दैछु आज साथी।
टुक्रिएको धड्कनलाई जोर्दैछु आज साथी॥

अ सम्भव छ मिलन तड्पिनुको के अर्थ।
मित्रताको साईनो मैले तोड्दैछु आज साथी॥

चिनी सकें सबैलाई अब धोका खान्न भनी।
बिगतका दु:ख मैला सोर्दैछु आज साथी॥

गल्ली गल्ली भौंतारिंदै हिड्नु मैले ब्यर्थै भयो।
मञ्जिल भेटाईन घुम्टी मोड्दैछु आज साथी॥

आँशु पुछ्ने कोही हुन्न हासो लुछ्ने धेरै छन।
स्वार्थी त्यो संसारलाई छोड्दैछु आज साथी॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

Tuesday, September 18, 2012

रुबाई ~ मुक्तक (छेस्काहरु)

मुटुमा बास छ।
मिलनको आस छ॥
धोका दिन्नौ पक्कै।
पुर्ण विश्वास छ॥

मृत्यु समिप खेलमा छु।
बर्षातको भेलमा छु॥
नबोलाऊ अंगालोमा॥

बे कसुर जेलमा छु॥

बिना तेलको बाती रहेछ।
औँशिको कालो राती रहेछ॥
जिवन साथी बनाएथें।
प्रेमको प्राण घाती रहेछ॥

चोखो प्रेममा घात भएपछी।
सुर्य नअस्ताई रात भएपछी॥
सम्बन्ध बिच्छेद गर्नु पर्यो आज।
सम्झौतामा हातपात भएपछी॥

सम्हाल्न सकिन रोएको छु।
मुहार आँशुले धोएको छु॥
क्रोधले नहेर प्रिय बिन्ती।
तस्विर मात्रै त छोएको छु॥

बाध्यतामा कदम चाल्नु पर्दैन।
ब्यर्थै सरिर आफ्नो गाल्नु पर्दैन॥
सक्छौ भने साथ दु:खमा देऊ।
चन्द्रमा सामु दियो बाल्नु पर्दैन॥

भोकले निस्तो भात भन्दैन।
निद्राले मसान घाट भन्दैन॥
साथ मिल्यो भनी नहत्तारिनु।
बलेर दियोले रात भन्दैन॥

संसारको रिती यस्तै रहेछ।
यहाँको प्रकृती यस्तै रहेछ॥
दोषी छुट निर्दोष जेल भित्र।
उन्को त्यो समिती यस्तै रहेछ॥

उफ आँशु देख्दा थाकिसकें।
बाध्यतामै देवी भाकिसकें॥
तिम्रै लागी मर्छु भन्छिन।
झुठो कसमले पाकिसकें॥

संगितलाई धुन चाहिन्छ।
तरकारिमा नुन चाहिन्छ॥
निश्चल प्रेम सफल पार्न।
बाचाले हुन्न गुन चाहिन्छ॥

ब्यर्थै गल्ली धाउनु पर्दैन।
झुठो प्रेम लाउनु पर्दैन॥
यौवनको प्यास मेट्न मात्रै।
मेरो समिप आउनु पर्दैन॥

प्यासि छु तिमी मुल बन भन्छौ।
जंघार तर्ने पुल बन भन्छौ॥
मुर्झिएको कोपिला छैन सुवाश।
किन मलाई फुल बन भन्छौ॥

सुगन्धित फुल तिमी हौ।
प्यासिलाई मुल तिमी हौ॥
छैन गन्तव्य तिमी बाहेक।
जंघार तर्ने पुल तिमी हौ॥

राफ समान तातिनु हुन्न।
वैशले धेरै मातिनु हुन्न॥
हुन्छ समाधान समस्याको॥
विवाह गर्न आतिनु हुन्न॥

एउटा यस्तो गाँऊ खोजेको छु।
एकान्त शुन्य ठाँऊ खोजेको छु॥
बेसहारा भए भिडमा पनी।
भाग्न यहाँ बाट दाऊ खोजेको छु॥

रुदैं समिप आएर के भो।
झुठो कसम खाएर के भो॥
हुनु आखिर बिछोड रैछ।
अनेकौ गल्ली धाएर के भो॥

तिम्रा लागी तनाब भएछु।
आज नसालु सराब भएछु॥
थिए दु:ख सुखको सहारा।
सोच्दैछु कसरी खराब भएछु॥

कल्पनाको सिमित हुन्छ र।
मृत्यु आत्मा जिवित हुन्छ र॥
भनिदेउन ओ प्रेमको गुरु।
मायाको बिष अमृत हुन्छ र॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

रुबाई (मुक्तकहरु) ~ प्रेम बियोग

मुर्झिएको फुल झरेर के हुन्छ र।
जिउदो लाश मरेर के हुन्छ र॥
गन्तव्यमा नपुग्दै साथ छुटेपछी।
नाना भाती बयान गरेर के हुन्छ र॥

मुस्कान लुछ्ने ति हात नदेखाऊ।
कुवेच्छिद नारिको जात नदेखाऊ॥
टाढिन्छन स्वार्थ पुरा गरे पछी।
भो भो यौवनको मात नदेखाऊ॥

कति उकास्नु निभेको बातिलाई।
पगालुं कसरी पत्थर छातिलाई॥
हुने होईन जिवित फुल बर्साएर।
सम्झाउन सकिन प्राण घातिलाई॥

कोमल फुल बिषालु काँडा बनायौ।
शिषिरमा उजाडिएको डाँडा बनायौ॥
अतित भुलाएर निर्दोश बन्न आफु।
चोखो प्रेम जुठेल्नाको भाँडा बनायौ॥

प्रेमको अठोट बन्धन कसेर गल्ति गरें।
सम्झनाको भुमरिमा पसेर गल्ति गरें॥
यस्तो होला भन्ने पत्तै थिएन मलाई।
निष्ठुरिको माया जालमा फँसेर गल्ति गरें॥

उनि बिना एक्लो जिवन काट्न गाह्रो भो।
जोडिएको दुई मुटु फाट्न गाह्रो भो॥
भाग्यले नै ठगेर हो माया त अति गर्थिन॥
उन्ले पुर्व मैले पश्चिम आँट्न गाह्रो भो॥

कसरी सक्छु उनी बिना चित्त बुझाउन।
चाहेको थिए जुनि भरी दिलमा पुजाउन॥
प्रतिक्षा त गर्नु थियो फर्किन्थें होला छिट्टै।
छुट्यो साथ आँशुले सक्दिन रुझाउन॥

उन्कै नाममा श्वास फेर्दैछु आज पनी।
भावनाका शब्दहरु केर्दैछु आज पनी॥
सारा संसार खोजें पाउन सकिन कतै।
त्यसैले यो तस्विर हेर्दैछु आज पनी॥

बियोगमा रुमलिए हाँस्नु असम्भव छ।
भविष्यलाई उद्देश्य साँच्नु असम्भव छ॥
थियो एउटा सहारा छुट्यो त्यो पनी आज।
एक्लिएर संसारमा बाँच्नु असम्भव छ॥

अन्तिम श्वास जिवन देखी खस्नु बाकी छ।
ज्यदो लाश पार्यौ घारोमा कस्नु बाकी छ॥
हत्तारिनु पर्दैन भो आफन्त छन जलाउन।
पर्ख केही छिन अझै चितामा बस्नु बाकी छ॥

नआउने मिलनका दिन गन्दिन भो अब।
दवाएरै राख्छु बेदना भन्दिन भो अब॥
बाँच्छु भन्थे जस्का लागी साथ छुटेपछी।
फेरी कसैको जिवन साथी बन्दिन भो अब॥

अतितलाई नसम्झिनु मिलनको आश होला।
एकोहोरो टोलाउदा बेहोशिको बास होला॥
बियोगमा धर्यता लिन सक्नु पर्छ साथी।
हैन भने मेरो जस्तै जिउदो लास होला॥

सधै भरी बेदनाको लहर दियौ किन।
छिनमै उजाडिने शहर दियौ किन॥
स्वयम तिम्रा लागी मर्न तयार थिए।
मिसाएर अमृतमा जहर दियौ किन॥

म ढलेर के हन्छ र तिमी नाँच्नु सधै।
म गलेर के हुन्छ र तिमी हाँस्नु सधै॥
तिम्रै निम्ती आज जिउदो लास भएको छु।
म जलेर के हुन्छ र तिमी बाँच्नु सधै॥

सयौं ठाँऊ माया प्रेम छाट्ने रैछ तिम्रो बानी।
एक त्यागी अन्तै सुर आँट्ने रैछ तिम्रो बानी॥
दु:ख सुख आँशु हासो सँगै बाड्ने भन्थ्यौ तर।
गसाएर दुवै मुटु काट्ने रैछ तिम्रो बानी॥

जिन्दगिमा पिंडै पिंडा खनाएर गयौ।
बिना नुनको तरकारी बनाएर गयौ॥
तिम्रो साथ पाईन भने मर्छु भन्नेले।
अन्तिममा झटारोले हनाएर गयौ॥

सम्बन्ध छुट्यो तिमी भेट्ने कुरा गर्छौ।
फुटेको धड्कन किन रेट्ने कुरा गर्छौ॥
अन्ध विश्वासमा डुब्न म छाडिसकें।
यौवनको प्यास अझै मेट्ने कुरा गर्छौ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

रुबाई (मुक्तकहरु) ~ अल्झिएको जिवन

परिश्रमको फल पाउन साह्रै कष्ट भो।
झुठा बाचा कसममा समय नष्ट भो॥
मिल्ने केही रहेन्छ मरिहत्ते गर्दा पनी।
आखिर जिवन आँशु रैछ बल्ल ईस्पष्ट भो॥

ठाँउ ठाँउमा मान्छे कस्ता जाली हुँदा रैछन।
बाहिर अरघाठ भित्र खाली हुँदा रैछन॥
हासो मात्रै हो बाड्ने दु:ख एक्लै झेल्नु पर्छ।

स्वार्थ पुरा गर्न गटरका नाली हुँदा रैछन॥

सबैको माया बाट पार भो जिवन आज।
मरिहत्ते गर्दा पनी हार भो जिवन आज॥
साथ पाउन कसैको के के गरिन र मैले।
आफन्त बाट झनै मार भो जिवन आज॥

सधै एक्लै एक्लै हुन्छु र त आँशु बग्छ।
बिगतको बेदना उन्छु र त आँशु बग्छ॥
समस्या के बताऊ समाधान हुने होईन।
चोट मनका भित्रै थुन्छ रत आँशु बग्छ॥

सराउनु हुन्न कसैलाई भाउ खोज्छन यहाँ।
हप्काउन र धमकाउन दाउ खोज्छन यहाँ॥
आफ्नो ठानेर त होनी मनको ब्याथा पोख्ने।
नुन चुक दल्न उल्टै घाउ खोज्छन यहाँ॥

सधै भरी रोईरहने कस्तो बानी बस्यो।
आँशुले मुख धोईरहने कस्तो बानी बस्यो॥
दु:खै दु:खको यो असफल जिन्दगिमा।
बिरहकै गित गाईरहने कस्तो बानी बस्यो॥

अन्ध्यारोमा जुन बन्न खोज्दैछु।
संगितलाई धुन बन्न खोज्दैछु॥
थाहा छ सम्भव छैन तर पनी।
तरकारीमा म नुन बन्न खोज्दैछु॥

सुङ्दा लाग्ने जहर छ हाम्रो देशमा।
फटाहाहरुको लहर छ हाम्रो देशमा॥
त्यो असल यो दोषी नछुट्टाऊ अब।
भन्ने खालको कहर छ हाम्रो देशमा॥

असल होईन खराब काम मात्र भयो।
बन्द हड्ताल र चक्काजाम मात्र भयो॥
नचाहेरै हो कि या त कुनै बाध्यताले।
नेपाली हाम्रा नेता भन्न नाम मात्र भयो॥

तिम्रै यादमा धुरु धुरु रोएको छु आमा।
पानी हैन आँशुले मुख धोएको छु आमा॥
भाग्य नै खोटो रैछ चुम्न पाईन पाँउ॥
तस्विरमा निधारले छोएको छु आमा॥

प्रयास गर्दा गर्दै हार हुदो रैछ।
आफैलाई जिवन भार हुदो रैछ॥
सफलताको आशमा पाईला चाल्दा।
उद्देश्य नै आर पार हुदो रैछ॥

खुसिले मनाउनु तिज दशैं तिहार।
अमर रहोस मित्रताको ब्यवहार॥
जाँड रक्सी चुरोट सेवन तिर नलाग्नु।
गर्नु है साथी आफ्नो सरिरको स्याहार॥

दशैलाई दशा ठानी रुनु नपरोस।
पिंडा ब्याथा बियोगले धुनु नपरोस॥
दु:ख सुख आँशु हासो जिवनकै पाटो हो।
शुभकामना छ दु:खी हुनु नपरोस॥

वेदनाको झोली फाटे सिउने छु अझै पनी।
पिंडा आँशु मिलाएर पिउने छु अझै पनी॥
बानी परी सक्यो अब एक्लिएर बाँच्न।
साथ छ परिश्रमको जिउने छु अझै पनी॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ०५ ~ ठानेको हैन जिवन आकाशको फल जस्तो

ठानेको हैन जिवन आकाशको फल जस्तो।
यती कठोर छैन मन निर्दयीको बल जस्तो॥

रोदन दु:ख पिंडा ब्याथा एक्लै झेल्नु छ।
युद्द गर्नु पर्दैन भो राजनितिक दल जस्तो॥

एकोहोरो प्रेम सफल हुनु सम्भव रहेन्छ।
बाकी नै छ बन्नु अझै सिचाईको मल जस्तो॥

कस्तो कस्तो सपना थियो भयो चकनाचुर।
जता हेर्छु उस्तै लाग्छ प्रियसिको छल जस्तो॥

हास्ने रुने बाच्ने मर्ने कोही भएन साहारा।
किन बनायौ जिन्दगी पानी बिना नल जस्तो॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ०४ ~ वास्ताविकको गजल कोर्ने रहर हैन मेरो

वास्तविकको गजल कोर्ने रहर हैन मेरो।
हजुरलाई दु:खीत पार्ने ठहर हैन मेरो॥

सके दिनुस आश्वासन ब्याथा थप्नु हुन्न बिन्ती।
मलाई मद्दत गर्नु भन्ने कहर हैन मेरो॥

साधा जिवन उच्च बिचार स्वच्छ छ मन पनी।
फोहोर मैला फाल्ने गलिको नहर हैन मेरो।

बियोगले ओगटेको छ सबै जग्गा जमिन।
हासो साट्ने सुख बाट्ने शहर हैन मेरो॥

आफ्नो या पराया सबैलाई म असल ठान्छु।
पस्किएथें अमृत मैले यो जहर हैन मेरो॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ०३ ~ गित गजल बिरहका गाउनु अर्थ छैन अब

बिरहका गजल गाउनु अर्थ छैन अब।
दोबाटो उन्का निम्ती धाउनु अर्थ छैन अब॥

झुठो रैछ बाचा कसम झुठै रैछ माया।
प्रकटमा कसैको आउनु अर्थ छैन अब॥

कस्ले देख्यो भविष्य कसरी चिन्नु उस्लाई।
ब्यर्थै पासो प्रेममा लाउनु अर्थ छैन अब॥

छुट्नु नै रैछ रोदन बिलाप युद्द किन।
मुखले नाना भाती बाउनु अर्थ छैन अब॥

एकै छिनको चन्द्रमा फेरी औशिको रात।
अधुरो तिम्रो साथ पाउनु अर्थ छैन अब॥

 कृष्ण पौड्याल
बम्घा एक गुल्मी



गजल ०२ ~ सधै हिड्न पाईएन जिन्दगिको बाटै मा त

सधै हिड्न पाईएन जिन्दगिको बाटै मा त ।
गाह्रो पर्ला तिम्लाई कतै मैले गर्ने आँटै मा त ॥

जिवन साथी बन्न सकिन शत्रु किन ठानेको ।
सँगै हुनु पर्छ भनेको थिएन नी खाटै मा त ॥

गर्दैछु म प्रयास पनी अतितलाई भुलाउन ।
सक्दिन स्विकार्न कसैलाई तिम्रो साटै मा त ॥

बिना नुनको तरकारी बनाई छाड्यौ आखिर ।
बिलाउने छ सरिर यो एक दिन माटै मा त ॥

बाचुन्जेलको साथ होईन तिमी सँगै मर्छु भन्थ्यौ ।
झुठो रैछ तिम्रो कसम एक्लै भँए घाटै मा त ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

गजल ०१ ~ अनगिन्ती छन प्रेमका खातका कुरा नगरौं

अनगिन्ती छन प्रेमका खातका कुरा नगरौं।
जिन्दगिनै पछुताउने बातका कुरा नगरौ॥

मद्दत गर्न सक्दैनौ त दु:ख किन दिएको।
जरो सँगै खोदेपछी पातका कुरा नगरौ॥

कालो बादल फाटेर घाम लाग्ला सोँचेको थें।
जुन अस्तायो पुर्णिमाको रातका कुरा नगरौं॥

हासो बाटेर के भयो र आँशु एक्लै पिएको छु।
भिरमा पुग्दा धकेल्नी हातका कुरा नगरौं॥

धनी गरिब सानो ठुलो ठानेको त थिईन मैले।
सम्बन्धनै छुटेपछी जातका कुरा नगरौं॥

 कृष्ण पौड्याल
बम्घा एक गुल्मी