Tuesday, September 18, 2012

रुबाई (मुक्तकहरु) ~ प्रेम बियोग

मुर्झिएको फुल झरेर के हुन्छ र।
जिउदो लाश मरेर के हुन्छ र॥
गन्तव्यमा नपुग्दै साथ छुटेपछी।
नाना भाती बयान गरेर के हुन्छ र॥

मुस्कान लुछ्ने ति हात नदेखाऊ।
कुवेच्छिद नारिको जात नदेखाऊ॥
टाढिन्छन स्वार्थ पुरा गरे पछी।
भो भो यौवनको मात नदेखाऊ॥

कति उकास्नु निभेको बातिलाई।
पगालुं कसरी पत्थर छातिलाई॥
हुने होईन जिवित फुल बर्साएर।
सम्झाउन सकिन प्राण घातिलाई॥

कोमल फुल बिषालु काँडा बनायौ।
शिषिरमा उजाडिएको डाँडा बनायौ॥
अतित भुलाएर निर्दोश बन्न आफु।
चोखो प्रेम जुठेल्नाको भाँडा बनायौ॥

प्रेमको अठोट बन्धन कसेर गल्ति गरें।
सम्झनाको भुमरिमा पसेर गल्ति गरें॥
यस्तो होला भन्ने पत्तै थिएन मलाई।
निष्ठुरिको माया जालमा फँसेर गल्ति गरें॥

उनि बिना एक्लो जिवन काट्न गाह्रो भो।
जोडिएको दुई मुटु फाट्न गाह्रो भो॥
भाग्यले नै ठगेर हो माया त अति गर्थिन॥
उन्ले पुर्व मैले पश्चिम आँट्न गाह्रो भो॥

कसरी सक्छु उनी बिना चित्त बुझाउन।
चाहेको थिए जुनि भरी दिलमा पुजाउन॥
प्रतिक्षा त गर्नु थियो फर्किन्थें होला छिट्टै।
छुट्यो साथ आँशुले सक्दिन रुझाउन॥

उन्कै नाममा श्वास फेर्दैछु आज पनी।
भावनाका शब्दहरु केर्दैछु आज पनी॥
सारा संसार खोजें पाउन सकिन कतै।
त्यसैले यो तस्विर हेर्दैछु आज पनी॥

बियोगमा रुमलिए हाँस्नु असम्भव छ।
भविष्यलाई उद्देश्य साँच्नु असम्भव छ॥
थियो एउटा सहारा छुट्यो त्यो पनी आज।
एक्लिएर संसारमा बाँच्नु असम्भव छ॥

अन्तिम श्वास जिवन देखी खस्नु बाकी छ।
ज्यदो लाश पार्यौ घारोमा कस्नु बाकी छ॥
हत्तारिनु पर्दैन भो आफन्त छन जलाउन।
पर्ख केही छिन अझै चितामा बस्नु बाकी छ॥

नआउने मिलनका दिन गन्दिन भो अब।
दवाएरै राख्छु बेदना भन्दिन भो अब॥
बाँच्छु भन्थे जस्का लागी साथ छुटेपछी।
फेरी कसैको जिवन साथी बन्दिन भो अब॥

अतितलाई नसम्झिनु मिलनको आश होला।
एकोहोरो टोलाउदा बेहोशिको बास होला॥
बियोगमा धर्यता लिन सक्नु पर्छ साथी।
हैन भने मेरो जस्तै जिउदो लास होला॥

सधै भरी बेदनाको लहर दियौ किन।
छिनमै उजाडिने शहर दियौ किन॥
स्वयम तिम्रा लागी मर्न तयार थिए।
मिसाएर अमृतमा जहर दियौ किन॥

म ढलेर के हन्छ र तिमी नाँच्नु सधै।
म गलेर के हुन्छ र तिमी हाँस्नु सधै॥
तिम्रै निम्ती आज जिउदो लास भएको छु।
म जलेर के हुन्छ र तिमी बाँच्नु सधै॥

सयौं ठाँऊ माया प्रेम छाट्ने रैछ तिम्रो बानी।
एक त्यागी अन्तै सुर आँट्ने रैछ तिम्रो बानी॥
दु:ख सुख आँशु हासो सँगै बाड्ने भन्थ्यौ तर।
गसाएर दुवै मुटु काट्ने रैछ तिम्रो बानी॥

जिन्दगिमा पिंडै पिंडा खनाएर गयौ।
बिना नुनको तरकारी बनाएर गयौ॥
तिम्रो साथ पाईन भने मर्छु भन्नेले।
अन्तिममा झटारोले हनाएर गयौ॥

सम्बन्ध छुट्यो तिमी भेट्ने कुरा गर्छौ।
फुटेको धड्कन किन रेट्ने कुरा गर्छौ॥
अन्ध विश्वासमा डुब्न म छाडिसकें।
यौवनको प्यास अझै मेट्ने कुरा गर्छौ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment