Tuesday, September 18, 2012

रुबाई (मुक्तकहरु) ~ अल्झिएको जिवन

परिश्रमको फल पाउन साह्रै कष्ट भो।
झुठा बाचा कसममा समय नष्ट भो॥
मिल्ने केही रहेन्छ मरिहत्ते गर्दा पनी।
आखिर जिवन आँशु रैछ बल्ल ईस्पष्ट भो॥

ठाँउ ठाँउमा मान्छे कस्ता जाली हुँदा रैछन।
बाहिर अरघाठ भित्र खाली हुँदा रैछन॥
हासो मात्रै हो बाड्ने दु:ख एक्लै झेल्नु पर्छ।

स्वार्थ पुरा गर्न गटरका नाली हुँदा रैछन॥

सबैको माया बाट पार भो जिवन आज।
मरिहत्ते गर्दा पनी हार भो जिवन आज॥
साथ पाउन कसैको के के गरिन र मैले।
आफन्त बाट झनै मार भो जिवन आज॥

सधै एक्लै एक्लै हुन्छु र त आँशु बग्छ।
बिगतको बेदना उन्छु र त आँशु बग्छ॥
समस्या के बताऊ समाधान हुने होईन।
चोट मनका भित्रै थुन्छ रत आँशु बग्छ॥

सराउनु हुन्न कसैलाई भाउ खोज्छन यहाँ।
हप्काउन र धमकाउन दाउ खोज्छन यहाँ॥
आफ्नो ठानेर त होनी मनको ब्याथा पोख्ने।
नुन चुक दल्न उल्टै घाउ खोज्छन यहाँ॥

सधै भरी रोईरहने कस्तो बानी बस्यो।
आँशुले मुख धोईरहने कस्तो बानी बस्यो॥
दु:खै दु:खको यो असफल जिन्दगिमा।
बिरहकै गित गाईरहने कस्तो बानी बस्यो॥

अन्ध्यारोमा जुन बन्न खोज्दैछु।
संगितलाई धुन बन्न खोज्दैछु॥
थाहा छ सम्भव छैन तर पनी।
तरकारीमा म नुन बन्न खोज्दैछु॥

सुङ्दा लाग्ने जहर छ हाम्रो देशमा।
फटाहाहरुको लहर छ हाम्रो देशमा॥
त्यो असल यो दोषी नछुट्टाऊ अब।
भन्ने खालको कहर छ हाम्रो देशमा॥

असल होईन खराब काम मात्र भयो।
बन्द हड्ताल र चक्काजाम मात्र भयो॥
नचाहेरै हो कि या त कुनै बाध्यताले।
नेपाली हाम्रा नेता भन्न नाम मात्र भयो॥

तिम्रै यादमा धुरु धुरु रोएको छु आमा।
पानी हैन आँशुले मुख धोएको छु आमा॥
भाग्य नै खोटो रैछ चुम्न पाईन पाँउ॥
तस्विरमा निधारले छोएको छु आमा॥

प्रयास गर्दा गर्दै हार हुदो रैछ।
आफैलाई जिवन भार हुदो रैछ॥
सफलताको आशमा पाईला चाल्दा।
उद्देश्य नै आर पार हुदो रैछ॥

खुसिले मनाउनु तिज दशैं तिहार।
अमर रहोस मित्रताको ब्यवहार॥
जाँड रक्सी चुरोट सेवन तिर नलाग्नु।
गर्नु है साथी आफ्नो सरिरको स्याहार॥

दशैलाई दशा ठानी रुनु नपरोस।
पिंडा ब्याथा बियोगले धुनु नपरोस॥
दु:ख सुख आँशु हासो जिवनकै पाटो हो।
शुभकामना छ दु:खी हुनु नपरोस॥

वेदनाको झोली फाटे सिउने छु अझै पनी।
पिंडा आँशु मिलाएर पिउने छु अझै पनी॥
बानी परी सक्यो अब एक्लिएर बाँच्न।
साथ छ परिश्रमको जिउने छु अझै पनी॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment