Monday, September 24, 2012

गजल ११ ~ कोपिला नै तोड्यौ क्यारे अब फल नफलाऊ

कोपिला नै तोड्यौ क्यारे अब फल नफलाऊ।
सक्छौ हुर्काऊ बिरुवा जरो खनी नढलाऊ॥

चाहान्थें अती तिम्लाई स्विकारिनौ मेरो माया।
बेअर्थका कल्पनामा अतितका घाऊ नमलाऊ॥

तोडिसक्यौ सबै आँट ठिक्क पार्न पर्दैन भो।
अन्तै प्रेम जोडे हुन्छ मलाई फेरी नछलाऊ॥

चाहे जती तिमिलाई अरुले चाहान्छ मलाई।
निभ्ने दियो कोट्याएर जिद्दी गर्दै नबलाऊ॥

धोखा दियौ तिम्ले त उस्लाई छाड्न सक्दिन म।
पचिसकें बेदनामा अझै मलाई नगलाऊ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment