Monday, September 24, 2012

गजल १७ ~ वारी भएछु तिमी नदिको पार नबनिदेऊ

वारी भएछु तिमी नदिको पार नबनिदेऊ।
रानो बिना अशुभ मौरिको घार नबनिदेऊ॥

सिक्काको दुई पाटा हौं सक्दिन अलग हुन।
समाउदा पोल्ने करेन्टको तार नबनिदेऊ॥

तिम्रै लागी बाचेको छु साथ चाहिए भन बिन्ती।
सफलता चुम भुईको झार नबनिदेऊ॥

तिमी मेरो म तिम्रो एउटै हो नी संसार हाम्रो।
सिमाना छुट्टाउन काँडे बार नबनिदेऊ॥

को आफ्नो को पराया चिन्न साह्रै गाह्रो भयो।
एक हसाउन अर्को तिर भार नबनिदेऊ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment