Monday, September 24, 2012

गजल ४४ ~ अमर छ हाम्रो माया मर्न सक्दिन म।

अमर छ हाम्रो माया मर्न सक्दिन म।
अंगालेर बर्षे भेल तर्न सक्दिन म॥

माग्दै भिक फैलाएथें हात हिजो सम्म।
स्वयम आज तिम्रा सामु पर्न सक्दिन म॥

दियौ दु:ख कष्ट दियौ गर्यौ घात प्रेममा।
भुलाएर अतित ठहर्न सक्दिन म॥

भन मलाई स्वार्थी बरु बेहोशि नै भन।
ईष्ट मित्र त्यागी बसाई सर्न सक्दिन म॥

ब्यर्थै भयो सोच जिवन साथी बनाउने।
जन्म दाता बिना केही गर्न सक्दिन म॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment