Monday, September 24, 2012

गजल ०७ ~ भविष्यलाई बिर्साउने मिठा मिठा बात दियौ

भविष्यलाई बिर्साउने मिठा मिठा बात दियौ।
साथ रैछ अर्कै सँग मलाई किन हात दियौ॥

भो मेरो जिन्दगिलाई नअल्लार भनेकै हो।
सबै शत्रु हँसाएर घात माथी घात दियौ॥

दु:ख सुख आंशु हासो सँगै बाड्ने बाचा कसम।
भुलाएर अतितहरु कहालिंदो रात दियौ॥

तिम्रा लागी ज्यानै अर्पण गर्न तयार थिए।
माया प्रेम बदला तिम्ले बेदनाको खात दियौ॥

दोबाटोमा सुम्सुमाई अंगालेर हिड्ने गर्थ्यौ।
भिरबाटोमा पुग्दा खेरी पछी बाट लात दियौ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment