Monday, September 24, 2012

गजल ३३ ~ खोलाउनै हुन्न मुख बात लागिहाल्छ

खोलाउनै हुन्न मुख बात लागिहाल्छ।
बिना हाड्को जिब्रोमा दाँत लागिहाल्छ॥

असेट लाग्यो भन्दै नअंगाल्नु कदापी।
व्यवस्थित अंग अंग हात लागिहाल्छ॥

प्रेमको शब्द बयान जती गर्यो थोरै।
सोच्दा सोच्दै यौवनको मात लागिहाल्छ॥

जिवन साथी पराया बन्न पुग्ने हो की।
शंकै शंकैमा अचेल घात लागिहाल्छ॥

यस्तै यस्तै भावमा डुब्छु कहिले काँही।
समयले साथ दिन्न रात लागिहाल्छ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments:

Post a Comment